Logo

एनआईशी एशिया बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने, साधारणसभा आह्वान

एनआईशी एशिया बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने, साधारणसभा आह्वान



काठमाडौं । एनआईशी एशिया बैंकको साधारणसभा आह्वान भएको छ । बैंकले आगामी फागुन २२ गते काठमाडौंको भद्राकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्नेगरी २७ औं साधारणसभा बोलाएको हो । उक्त साधारणसभा उक्त दिन बिहान ९ बजे बस्नेछ ।

बैंकले यसपटक पुँजी वृद्धि गर्ने प्रस्ताव समेत ल्याएको छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव गरेको छ । हाल १४ अर्ब ९१ करोड रुपैयाँ रहेको चुक्ता पुँजीलाई बैंकले अभिमोच्य असञ्चित अग्राधिकार सेयर जारी गरेर १९ अर्ब ९१ करोड रुपैयाँ पुर्याउन लागेको हो । त्यस्तै, बैंकले अधिकृत पुँजीलाई पनि १४ अर्ब ९२ करोडबाट बढाएर १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ ।

साधारणसभा प्रयोजनको लागि बैंकले फागुन ८ गतेदेखि फागुन २२ गतेसम्मका लागि शेयरधनी किताब खाता बन्द गर्ने जनाएको छ । यसपटक बैंकले लाभांश वितरणको प्रस्ताव गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्