Logo

बैंकको एटीएमबाट पैसा निकाल्न ‘फेस रिकग्निसन’ प्रविधि शुरु, अब एटीएम कार्ड नचाहिने

बैंकको एटीएमबाट पैसा निकाल्न ‘फेस रिकग्निसन’ प्रविधि शुरु, अब एटीएम कार्ड नचाहिने



काठमाडौं । अब एटीएमबाट पैसा निकाल्न कार्डको आवश्यकता पर्दैन । यसबाट ग्राहकहरूले कार्ड वा स्मार्टफोन बिना नै बैंकको एटीएमबाट पैसा जम्मा गर्न वा झिक्न सक्छन् । बैंक अफ जापानले अनुहार पहिचान मार्फत रकम जम्मा गर्ने र निकाल्ने सुविधा सुरु गरेको छ । जापानको सेभेन बैंकले आफ्ना ग्राहकहरूका लागि फेस रिकग्निसन(अनुहार पहिचान प्रविधि) सुरु गरेको छ ।

यसमार्फत उनीहरूले देशभरका २६,००० एटीएमबाट पैसा निकाल्न र जम्मा गर्न सक्छन् । यो सुविधालाई फेस क्यास नाम दिइएको छ । यसबाट ग्राहकहरूले कार्ड वा स्मार्टफोन बिना नै बैंकको एटीएमबाट पैसा जम्मा गर्न वा झिक्न सक्छन् । पहिलो पटक प्रयोगको लागि, उनीहरूले अनुहारको जानकारीसहित आफूलाई दर्ता गर्नुपर्नेछ र त्यसपछि, उनीहरूले पासवर्ड र कोड नम्बरमार्फत पैसा निकाल्न सक्नेछन् ।

यो सेवा सेभेन बैंक र टेक कम्पनी एनईसीले संयुक्त रूपमा विकास गरेको हो । बैंकको दाबी छ कि यसले पहिचान चोरीबाट हुने ठगीलाई रोक्न सक्छ । सेभेन बैंकले अन्य बैंकका खाता धनीहरूका लागि पनि फेस क्यासको प्रयोग बढाउन चाहेको बताएको छ । किनभने सेभेन बैंकले अन्य बैंकिङ संस्थाहरूबाट एटीएम शुल्क प्राप्त गर्दछ । बैंकले यो धेरै सजिलो र सुविधाजनक हुनुका साथै भरपर्दो र सुरक्षित रहेको बताएको छ ।

सेभेन बैंकको मूल कम्पनी सेभेन एण्ड होल्डिङ्स कम्पनी हो । यसको मुख्यालय टोकियोको चियोदा शहरमा छ । यो अप्रिल १०, २००१ मा स्थापित भएको थियो र यसको अध्यक्ष यासुआकी फुनाताके हुन् । यसका सहायक कम्पनीहरूमा एक्स्एम प्लेटफर्म (फिलिपिन्स) र एफसिटीआई (संयुक्त राज्य अमेरिका) छन् ।

प्रतिक्रिया दिनुहोस्