काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम ‘महालक्ष्मी कल सेन्टर’ सञ्चालनमा ल्याएको छ ।
बैंकिङ सेवाहरूको रूपान्तरणकारी परिवर्तन स्वरूप परम्परागतरूपमा उपलब्ध सेवामा थप विस्तार गर्दै यस्तो सेवाको सुरुवात गरेको हो ।
बैंकले सञ्चालनमा ल्याएको ‘महालक्ष्मी कल सेन्टर’ बाट ग्राहक सहायता सम्बन्धी जानकारी प्रदान गर्ने, ग्राहकहरूको जिज्ञासा तथा गुनासोको सम्बोधन गर्ने, वित्तीय सेवाहरू सम्बन्धी जानकारी प्रदान गर्ने, डिजिटल बैंकिङसम्बन्धी आइपर्ने प्राविधिक समस्याहरुको सम्बोधन गर्ने, ग्राहकहरुबाट आउने उजुरीको अभिलेख राखी सोको निराकरणको लागि प्रक्रिया अगाडि बढाउने लगायतका काम गर्नेछ ।
बैंकले कलसेन्टरमार्फत आएका गुनासा/जिज्ञासा/उजुरीहरूको सम्बोधन गर्ने जनाएको छ । यसबाट ग्राहकहरूको समस्याहरूको व्यवस्थापन र समाधान गर्न सहज हुने तथा ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।