काठमाडौं । बजारमा तरलता धेरै भएपछि केन्द्रिय बैंकले आज ‘आईतबार’ एकैदिन बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्न लागेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत नेपाल राष्ट्र बैंकले ३० अर्ब प्रशोचन गर्न लागेको हो ।
राष्ट्र बैंकले २१ दिनका लागि उक्त निक्षेप संकलन गर्न लागेको जानकारी दिएको छ । आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज आगामी १८ फागुनमा भुक्तानी हुनेछ ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।