Logo

एनसीसी सँग ५ बैंक गाभिए, आइतवारदेखि एकिकृत कारोवार

एनसीसी सँग ५ बैंक गाभिए, आइतवारदेखि एकिकृत कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट मर्ज भएका छन् । मर्जर पश्चात पुस १७ गते आइतवारदेखि एकीकृत कारोवार गर्ने बताइएको छ ।

पाँच संस्था मर्ज भएर बनेको एनसिसिलाई एकीकृत कारोवार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयले अनुमति दिएको हो ।

त्यस्तै पाँच संस्था मर्ज हुँदा सफ्टवेयरबाट वित्तीय कारोवारको व्यवस्था मिलाउन शुक्रवार र शनिवार पाँच वटै बैंकको कारोवार बन्द हुने बताइएको छ ।

मर्जपछि एकीकृत संस्थाको पुँजी ४ अर्व ६७ करोड ९० लाख रुपैयाँ पुग्नेछ । त्यस्तै बैंकका शाखा संख्या ९६ र कर्मचारी संख्या १ हजार २८ जना पुग्ने छ। मर्जपछि बैंकको निक्षेप ५२ अर्व रुपैयाँ पुग्नेछ भने कर्जा ४४ अर्व रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्