Logo

२५ करोड रुपैयाँ मुद्धति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

२५ करोड रुपैयाँ मुद्धति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ।

शुक्रबार जारी सूचनाका अनुसार, राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक, तथा ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा सो रकम निक्षेप गर्ने निर्णय गरेको छ। लगानी रकममध्ये वाणिज्य बैंकहरूमा २० करोड रुपैयाँ, विकास बैंकहरूमा ३ करोड ७५ लाख रुपैयाँ, र वित्त कम्पनीहरूमा १ करोड २५ लाख रुपैयाँ राखिनेछ।

यो रकम २०७१ फागुन ६ गतेदेखि २०८२ फागुन ६ गतेसम्म ९कुल ३६६ दिन० का लागि मुद्दती निक्षेपमा रहनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले २०८१ माघ २८ गते बेलुका ७ बजेसम्म अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्