Logo

नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ स्वीकृत, ३० लाख ९६ हजार कित्ता निष्कासन गर्ने

नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ स्वीकृत, ३० लाख ९६ हजार कित्ता निष्कासन गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फर्दर पब्लिक इस्यु (एफपीओ) निष्कासनको अनुमती पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले सो सम्बन्धी अनुमति दिएको हो ।

कम्पनीले १ हजार ४ सय २५ अर्थात रू १ हजार ३ सय २५ प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्न पुस १४ गते बिहीवार अनुमति पाएको बताइएको छ ।

कम्पनीले ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्