Logo

भारु साटिने सम्भावना टर्दै, राष्ट्र बैंक भन्छ, हामी नै अन्यौलमा छौं, के हुन्छ १५ अर्ब ?

भारु साटिने सम्भावना टर्दै, राष्ट्र बैंक भन्छ, हामी नै अन्यौलमा छौं, के हुन्छ १५ अर्ब ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भारत सरकारले नेपालीसँग रहेका ५ सय र १ हजारका भारतीय नोट सहटी गरिदिने सम्भावना न्युन हुँदै गएको छ । भारत सरकारले आफ्ना देशका नागरिकलाई भारु सटहीका लागि दिएको समयसीमा सकिन ४ दिन बाँकी रहँदा सो सम्बन्धमा कुनै प्रतिक्रिया नआएपछि उक्त सम्भावना न्युन हुँदै गएको हो ।

जति जति समय घट्किदै गयो उतिकै साटिने सम्भावना टर्दै हुँदै जाने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी बताउँछन् । ‘नोट सटही सम्बन्धमा अहिलेसम्म भारतले कुनै प्रतिक्रिया जनाएको छैन,’ उनले भने, ‘तसर्थ सटही हुन्छ वा हुँदैन भन्ने विषय एकदमै अन्यौलमा रहेको छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र १ हजार रुपैयाँका नोटमा बन्देज लगाउँदा सटहीका लागि डिसेम्बर ३० २०१६ सम्मको समयसीमा दिएका थिए । उक्त समय सकिनलाग्दा पनि सो विषयमा कुनै प्रगति भएको छैन । यदि भारतले सटही सुविधा दिएमा नेपालमा भएका ५ सय र १ हजारका नोट कलेक्सन गर्न १ देखि २ हप्तासम्म लाग्छ । तर, ४ दिनमात्रै बाँकी रहँदा पनि कुनै प्रतिक्रिया नआएकाले उक्त सम्भावना टरेको राष्ट्र बैंककै एक अधिकारीले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकिङ प्रणालीमा ३ करोड ६० लाख ९० हजार भारु छ । तर, बैंकिङ प्रणालीभन्दा बाहिर झण्डै १५ अर्ब रुपैयाँ भारु रहेको सम्बद्ध सरोकारवालाहरुको भनाइ छ । विशेषगरी व्यापारी तथा भारतीय रोजगारीमा जाने कामदारसँग त्यस्तो पैसा बढी रहेको दावी छ । यदि भारत सरकारले समय थप गरी सटही सुविधा नदिएमा नेपालीसँग भएको उक्त रकम कागजको खोस्टामा परिणत हुनेछ ।

भारु सटही सुविधा मिलाउने सम्बन्धमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर सिवाकोटीको अध्यक्षता एक कमिटि समेत गठन भएको थियो । सो कमिटिले भारु सटहीका लागि भारत सरकारलाई डिक्लेरेशन फारम बुझाएपनि सो सम्बन्धमा कुनै प्रतिक्रिया नआएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL