Logo

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी बिक्री खुला, माघ २० गतेसम्म आवेदन सकिने

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी बिक्री खुला, माघ २० गतेसम्म आवेदन सकिने



काठमाडौं, माघ १३ । प्राइम कमर्सियल बैंकले आज आइतबार देखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस कम्पनीले ५ लाख ५ हजार १८६ कित्ता ंस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

यस लिलामीमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०७ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले यसमा न्यूनतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । यसमा माघ २० गतेसम्म आवेदन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्