काठमाडौँ । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ८६ करोड ९९ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको मुनाफा १४.३४ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा २ अर्ब १८ करोड रुपैयाँ थियो ।
चालु आर्थिक वर्षको ६ महिना अवधिमा बैंकको नाफा घटेपनि खुद ब्याज आम्दानी भने १४ प्रतिशतले बढेर ४ अर्ब ४१ करोड रुपैयाँ पुगेका छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो ।
यो अवधिमा सञ्चालन नाफा ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा समेत ४.०७ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ । बैंकको चुक्तापुँजी १९ अर्ब ४० करोड हुँदा जगेडा कोषमा १० अर्ब ३१ करोड २१ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २२.५० रुपैयाँ रहेकोमा १९.२८ रुपैयाँ पुगेको छ । यता, प्रतिसेयर नेटवर्थ १६२.६४ रुपैयाँमा पुगेको छ ।