Logo

नबिल बैंकले कमायो तीन अर्ब २४ करोड नाफा, इपीएसमा पनि वृद्धि

नबिल बैंकले कमायो तीन अर्ब २४ करोड नाफा, इपीएसमा पनि वृद्धि



काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा तीन अर्ब २० करोड रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष त्यसमा सामान्य वृद्धि गरेको हो ।

बैंकको खुद ब्याज आम्दानीमा गिरावट आए पनि कमिसन तथा शुल्क आम्दानी बढेपछि नाफामा सामान्य वृद्धि भएको हो । गत आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको ब्याज आम्दानी आठ अर्ब २४ करोड रुपैयाँ रहेकोमा यस वर्ष त्यो ४.२१ प्रतिशतले घटेर सात अर्ब ८९ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद शुल्क तथा कमिशन आम्दानी गत वर्षको एक अर्ब ४८ करोड ४३ लाख बाट १.८२ प्रतिशत बढेर एक अर्ब ५१ करोड १४ लाख रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (इपीएस) पनि बढेको छ। बैंकको इपिएस २३ रुपैयाँ ७४ पैसा बढेर २४ रुपैयाँ ०५ पैसा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This