Logo

प्रभुको साधारणसभाबाट ६ जना संचालक चयन, हकप्रद पारित, चुक्ता पूँजी ८ अर्ब २२ करोड पुग्ने

प्रभुको साधारणसभाबाट ६ जना संचालक चयन, हकप्रद पारित, चुक्ता पूँजी ८ अर्ब २२ करोड पुग्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्रभु बैंकको आज भएको साधारणसभाले आफ्ना सेयर धनीलाई दिन लागिएको ४० प्रतिशत हकप्रद सेयर पारित गरसेको छ ।
बैंकको १५ साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । यसैगरी सभाले आर्थिक वर्ष २०७२÷०७३ को वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिएको छ ।

साधारण सभाले पारित गरेसँगै बैंकले आफ्ना सेयरधनीलाई १० बरावर ४ कित्ता हकप्रद सेयर दिनेछ । जस अनुसार २ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बरावरको हकप्रद जारी हुनेछ । हकप्रदसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब २३ करोड ३९ रुपैयाँ पुग्नेछ । हाल ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, साधारण सभाले ६ जना सञ्चालकहरु निर्विरोध रुपमा निर्वाचित गरेको छ । जसमध्ये संस्थापक सेयधनीकोतर्फबाट देवीप्रकाश भट्टचन, पुष्पबहादुर प्रधान, अम्बिका शर्मा लामिछाने र रमेशसिंह खड्कार रहेका छन् । यसैगरी सर्वसाधारण सेयरधनीकोतर्पmबाट कुसुम लामा र दक्ष पौडेल रहेका छन् । संचालक समितिको आजै बसेको बैंठकले अध्यक्षमा देवीप्रकाश भट्टचन सर्वसहमतिमा चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL