Logo

भैसेपाटीमा सिटिजन्स बैंकको एटिएम सेवा, विहीवारदेखि सेवा शुरु

भैसेपाटीमा सिटिजन्स बैंकको एटिएम सेवा, विहीवारदेखि सेवा शुरु


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुर स्थित आफ्नो भैंसेपाटी शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीवारदेखि सो शाखा सञ्चालनमा ल्याएको हो ।

यससँगै बैंकको कुल एटिएम संख्या ५३ पुगेको छ । बैंकले आफ्नो ५८ वटा शाखा र ७२ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ४ लाख १७ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

हाल बैंकको उपत्यका भित्र २७ वटा तथा उपत्यका बाहिर २६ वटा एटिएम सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्