Logo

लुम्बिनी विकास बैंकका सेयरधनीलाई ७ प्रतिशत लाभांस, यस्तो छ नगद र सेयरको अनुपात

लुम्बिनी विकास बैंकका सेयरधनीलाई ७ प्रतिशत लाभांस, यस्तो छ नगद र सेयरको अनुपात



काठमाडौं । लुम्बिनी विकास बैंकले १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाल आर्थिक बर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरी आब २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरू सँगै सेयरधनीहरुलाई ४ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयरसहित कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।

लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरू सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्