Logo

राष्ट्र बैंकद्वारा मनोकामना मनी चेञ्जरको इजाजतपत्र खारेज

राष्ट्र बैंकद्वारा मनोकामना मनी चेञ्जरको इजाजतपत्र खारेज



काठमाडौं । नेपाल राष्ट्र बैंकले वीरगंजस्थित मनोकामना मनी चेन्जरको इजाजतपत्र खारेज गरिदिएको छ । राष्ट्र बैंक वीरगञ्ज कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै भारतीय रुपैयाँ खरिद विक्रीका लागि इजाजत प्राप्त संस्था मनोकामना मनी चेन्जर, गोविन्द रोड, वीरगञ्जको इजाजतपत्र खारेज भएको जानकारी दिएको हो।

बैंकले मनी चेन्जरको सञ्चालन तथा नियमन सम्बन्धी विनियमावली, २०७९ को नियम १९ (३) बमोजिम उक्त इजाजतपत्र खारेज गर्ने निर्णय गरेको हो।

उक्त मनी चेन्जरले अब भारतीय रुपैयाँको कारोबार गर्न नपाउने स्पष्ट गरिएको छ। साथै, सर्वसाधारणलाई कारोबार नगर्न/नगराउन अनुरोध गर्दै विस्तृत जानकारीको लागि यो सूचना जारी गरिएको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्