काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ माघ १ गतेदेखि बैंक र वित्तीय संस्थामा नयाँ खाता खोल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने निर्देशन जारी गरेको छ।
बिहीबार एक परिपत्र जारी गर्दै केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्र वा यसको नम्बरको विवरण प्रमाणिकरण गरेर खाता खोल्नुपर्ने बताएको हो । यस कदमको उद्देश्य ग्राहकको सही पहिचान सुनिश्चित गर्नु रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका धारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ,’ परिपत्रमा भनिएको छ ।
यस निर्देशनले सरकारी भुक्तानी प्राप्त गर्ने खातामा पनि राष्ट्रिय परिचयपत्रको आधारमा खाता खोल्नुपर्ने कुरा सुनिश्चित गरेको छ। साथै, खाताबाट रकम झिक्नुअघि ग्राहकको पहिचान र सम्पुष्टि गर्नुपर्नेछ।