Logo

लक्ष्मी सनराइज बैंकको चौबीसौं वार्षिक साधारणसभाबाट लाभांश प्रस्ताव पारित

लक्ष्मी सनराइज बैंकको चौबीसौं वार्षिक साधारणसभाबाट लाभांश प्रस्ताव पारित



काठमाडौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु २४ अर्ब ३४ करोड पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८०÷८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१÷८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आ.व. २०८०÷८१ मा रु ३३३ अर्ब निक्षेप र रु २५८ अर्ब कर्जा पुर्याएको बैंकको वासलातको आकार रु ३९५ अर्ब रहेको छ । सो आ.व.मा बैंकले २ अर्ब ९२ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्