Logo

नेपाल एसबिआई बैंकको साधारणसभा : सेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित, मर्जरमा जाने जिम्मेवारी सञ्चालक समितिलाई

नेपाल एसबिआई बैंकको साधारणसभा : सेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित, मर्जरमा जाने जिम्मेवारी सञ्चालक समितिलाई



काठमाडौं । नेपाल एसबिआई बैंकका सेयरधनीहरुको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सेयरधनीलाई १०.६५% लाभांश दिने निर्णय गर्दै बैंकको साधारणसभा सम्पन्न भएको हो ।

उक्त सभाले बैंकको आव २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक आर्थिक विवरण (२०८१ आषाढ मसान्तको वासलात), नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको हो । साधारण सभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ लि.’ को आ.व. २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

सभाले बैंकका सेयरधनीहरुलाई ३.८०% बोनस सेयर र ६.८५% नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी चुक्ता पुँजीमा जम्मा १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त साधारण सभाले आ.व. २०८१/८२ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर. उपाध्याय एण्ड कं., चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त सभाले सभा समक्ष पेश गरिएका अन्य प्रस्तावहरु समेत प्रस्ताव बमोजिम पारित/स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्