Logo

ज्योति विकास बैंक र दुषित थानी रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टमा विशेष छुट

ज्योति विकास बैंक र दुषित थानी रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टमा विशेष छुट



काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्ट धुलिखेलबीच सम्झौता भएको छ । ज्योति विकास बैंकका ग्राहकहरूलाई १५ प्रतिशत सम्मको विशेष छुट प्रदान गर्नेगरी दुई निकायबीच सम्झौता भएको हो । उक्त सम्झौतापश्चात्, बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खाना तथा पेय पदार्थ, देवराना वेल्नेस स्पा, स्वीमिङ पुल, ज्याकुजी, स्टीम र साउना जस्ता सुविधाहरूमा छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले पोखरास्थित ूटीका रिसोर्टू मा ३० प्रतिशत र आतिथि रिसोर्ट एण्ड स्पा मा २० प्रतिशत सम्मको विशेष छुट पनि प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले खोटाङस्थित जाम्बला रिसोर्ट मा १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौतासमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This