Logo

मितेरी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा, शाखा विस्तार रोक

मितेरी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा, शाखा विस्तार रोक



काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले मितेरी डेभलपमेन्ट बैंकलाई चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा कारबाही गरेको छ। मासिक ब्याजदर अन्तर तोकिएको सीमाभित्र कायम नगरेको भन्दै बैंकलाई कारबाही गरिएको हो।

राष्ट्र बैंकले मितेरीलाई यस्तो कार्य पुनः नगर्न सचेत गराएको छ। बैंकले २०८१ असार महिनामा राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०८० को इजाजत प्राप्त निर्देशन नं १५ को बुँदा नम्बर ९४० मा तोकिएको ४.६० प्रतिशतको अधिकतम ब्याजदर अन्तर भन्दा बढी ब्याजदर अन्तर कायम गरेको थियो।

राष्ट्र बैंकले सो निर्देशनको उल्लंघन गरेकाले मितेरीको शाखा विस्तारमा रोक लगाएको छ। साथै, भूकम्प पीडितलाई प्रवाह गरिने बाहेक अन्य पुनर्कर्जा सुविधा प्रदान नगर्ने गरी कारबाही गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This