Logo

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, देशभर विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम विस्तार

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, देशभर विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम विस्तार



काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न विद्यालयहरूमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।

बैंक १८ गते बिहिबारदेखी आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गर्दैछ । १८औं वार्षिकत्सवको अवसरमा बैंकले प्रत्येक प्रदेशको विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दैछ ।

उक्त सचेतना कार्यक्रममा बैंकले आधारभुत बैंकिङ सेवा, डिजिटलनविनतम बैंकिङ सेवाहरू, बैंकिङ विवरण सुरक्षित राख्ने उपायहरू लगायत विभिन्न बैंकिङ शिक्षाको बारेमा जानकारी प्रदान गर्नेछ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरूमार्फत आम जनमानसलाई प्रत्यक्षरूपमा लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे ।

प्रतिक्रिया दिनुहोस्