Logo

सिटिजन्स बैंक र इजी डेन्टलबीच सम्झौता, बैंकका ग्राहकलाई दन्त सेवामा विशेष छुट

सिटिजन्स बैंक र इजी डेन्टलबीच सम्झौता, बैंकका ग्राहकलाई दन्त सेवामा विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महाङ्काल, काठमाडौं स्थित इजी डेन्टल प्रालिबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई डेन्टल सेवामा विशेष छुट दिने गरी दुई संस्थाबचि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले इजी डेन्टल प्रालिमा १५% सम्मको आकर्षक छुट पाउने छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबार बाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्