Logo

मनाङमा प्रभु बैंकको नयाँ शाखा र शाखारहित सेवा विस्तार, यूकेएड सक्षमको सहयोग

मनाङमा प्रभु बैंकको नयाँ शाखा र शाखारहित सेवा विस्तार, यूकेएड सक्षमको सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु बैंकले आफ्नो नयाँ शाखा मनाङको चामेमा स्थापना गरेको छ । बैंकले यूकेएड सक्षमको सहयोगमा शाखा स्थापना गरेको हो । सोहि दिन धारापानी, माथिल्लो मनाङ, ताल, ढुकुरपोखरी र पिसाङानमा गाविसमा शाखारहित बैंकिङ सेवा समेत विस्तार गरेको बताइएको छ ।

बैंक शाखाको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गरे । सो अवसरमा गर्भनर डा. चिरञ्जीवि नेपालले बैंक तथा लघुवित्त संस्थाहरूका लागि सक्षमको लागत–साझेदारी र प्राविधिक सहयोगले नेपाल राष्ट्र बैंकको नेपालका दुर्गम क्षेत्रमा वित्तीय सेवाको पहुँच विस्तार गर्ने प्रतिवद्धतालाई साकार बनाउन सहयोग गरेको बताए ।

बेलायती सहयोग नियोग, डिएफआइडिका निजी क्षेत्र विकास सल्लाहकार रवि रायमाझीले नेपालका लागि डिएफआइडिको प्रमुख उद्देश्य भनेको गरिबीको न्यूनीकरण भएको जानकारी दिए ।

डिएफआइडिले यो कार्य विभिन्न परिवर्तनकारी कार्यक्रमहरू मार्फत गर्दै आएको छ । एक्सेस टु फाइनेन्स समुदायको प्रगतिको एक प्रमुख सूचक हो र यसमा सक्षमले गरेको प्रगति देख्दा हामीलाई खुसी लागेको छ । डिएफआइडिले यस्ता अभियानहरूलाई सहयोग गर्ने कामलाई निरन्तरता दिइरहने उनले जानकारी दिए ।

सो अवसरमा सक्षमका टोली प्रमुख बलजित भोहराले नेपालका सबैभन्दा दुर्गम भेगमा वित्तीय पहुँच सुधार गर्नका लागि आपूm र आफ्ना साझेदार संस्थाहरूलाई चुनौती दिनुपर्छ भन्ने विश्वास राख्दै आएको जानकारी दिए ।

साथै यस शाखा तथा शाखारहित बैंकिङ सेवा विन्दुहरूले प्रदान गरेका सेवाहरूले नवीनतम वित्तीय सेवाहरूको पहुँच मार्फत स्थानीयहरूलाई आफ्नो जीविका सुधार गर्ने अवसरहरू दिनेमा आफु विश्वस्थ रहेको बताए ।

प्रभु बैंकका अध्यक्ष देवी प्रकाश भट्टचनले मनाङ्ग जस्तो नेपालको सबैभन्दा ग्रामीण जनसंख्यामाझ बैंकिङ सेवा प्रारम्भ गर्न पाउँदा हर्षित भएको बताए । सक्षम यूके एडको सहयोग प्राप्त एक्सेस टु फाइनान्स कार्यक्रम हो ।

प्रतिक्रिया दिनुहोस्