Logo

नबिल बैंकद्वारा टोल फ्री नम्बरको सुरुवात : ग्राहक सेवामा नयाँ सुविधा थप

नबिल बैंकद्वारा टोल फ्री नम्बरको सुरुवात : ग्राहक सेवामा नयाँ सुविधा थप



काठमाडौं। नबिल बैंकले ग्राहकहरूलाई सरल, निःशुल्क, र सहज बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले टोल फ्री नम्बरको एकीकरण गरेको छ। अब नेपाल टेलिकम (एनटिसी) र एनसेल नेटवर्क प्रयोगकर्ताहरूले बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन्। यस सुविधाबाट खाता विवरण, लेनदेन सोधपुछ, प्राविधिक सहायता र बैंकिङ सेवासँग सम्बन्धित समस्या समाधानमा सहज पहुँच उपलब्ध हुनेछ।

बैंकले एनटिसी प्रयोगकर्ताका लागि १६६००-१६२२४५ र एनसेल प्रयोगकर्ताका लागि १८१०२-१६२२४५ नम्बरमा कल गर्न सकिने सुविधा दिएको छ। यो सेवा देशभरबाट बिना कुनै शुल्क २४ घण्टा, सातै दिन सञ्चालनमा रहनेछ। प्रशिक्षित प्रतिनिधिहरूले ग्राहकका समस्याहरू शीघ्र र प्रभावकारी रूपमा समाधान गर्नेछन्।

ग्राहक सन्तुष्टि र सेवा सुधारलाई निरन्तर प्राथमिकतामा राख्दै नबिल बैंकले यो सेवा सुरु गरेको हो। बैंकले टोल फ्री नम्बरको एकीकरणले ग्राहक र बैंकबीचको सम्पर्कलाई थप सहज र प्रभावकारी बनाउने विश्वास लिएको छ। ग्राहकहरूले मोबाइल एप, भाइबर, वेबसाइट र शाखा नेटवर्कमार्फत पनि सेवा लिन सक्नेछन्।

नेपालको पहिलो निजी वाणिज्य बैंकका रूपमा ४० वर्षदेखिको आफ्नो यात्रामा नबिलले २६८ शाखा र ३२० एटिएममार्फत २४ लाखभन्दा बढी ग्राहकलाई आधुनिक, डिजिटल, र ग्राहक केन्द्रित वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ। बैंकले आफ्नो सेवा सञ्जाल र प्रविधिमा निरन्तर सुधार गर्दै ग्राहकहरूको सहजताका लागि नयाँ–नयाँ सुविधा थपिरहेको छ।

प्रतिक्रिया दिनुहोस्