Logo

ग्लोबल आइएमई बैंकलाई ‘बेष्ट इन्टरनेट बैंक’ बाट सम्मानित, अध्यक्ष र सीईओले थापे अवार्ड

ग्लोबल आइएमई बैंकलाई ‘बेष्ट इन्टरनेट बैंक’ बाट सम्मानित, अध्यक्ष र सीईओले थापे अवार्ड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकलाई लण्डनबाट प्रकाशित हुने म्याग्जिन ‘इन्टरनेशनल फाइनान्स’ ले ‘बेष्ट इन्टरनेट बैंक —नेपाल २०१६’को अवार्डबाट सम्मानित गरेको छ । सिगांपुरमा आयोजित एक विशेष कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञावलीले उक्त अवार्ड थापेका हुन्् ।

ग्लोबल आइएमई बैंकलाई गुणस्तरिय इन्टरनेट बैंकिङ सेवा प्रदान गरेको आधारमा उक्त सम्पान प्रदान गरिएको हो । बैंक नेपाली भाषा (देवनागिरिमा) इन्टरनेट बैंकिङ सेवा प्रदान गर्ने नेपालकै पहिलो बैंक हो । बैंकले आफ्ना ग्राहकहरु माझ सहज बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य अनुरुप अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल अनलाईन इन्टरनेट बैंकिङ तथा ग्लोबल स्मार्ट मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । ८२ अर्व निक्षेप, ६९ अर्व कर्जा लगानी रहेको बैंकको हाल ९१ वटा शाखाहरु, ९ वटा नेपाल सरकारको राजस्व संकलन काउण्टर, १०३ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर छन् । भारत तथा अष्ट्रेलियामा सम्पर्क कार्यालय रहेको बैंकले ४४ वटा शाखारहित बैंकिङ सेवा तथा एउटा सिडिएस काउण्टर संचालनमा ल्याएको छ ।

यसैगरी बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथै अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL