Logo

कृषि विकास बैंकले गर्‍यो १०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव, बोनसभन्दा नगद बढी

कृषि विकास बैंकले गर्‍यो १०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव, बोनसभन्दा नगद बढी



काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

पुस ४ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको आधारमा ३ प्रतिशत बोनस शेयर र कर समेत ७ दशमलव ५३ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १३ अर्ब ४५ करोड १६ लाख ७४ हजार रहेको छ ।

सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । गत वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष लाभांश वितरण गर्न लागेको हो ।

यसअघि आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीले २ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्