Logo

सिटिजन्स बैंकको मोबाइल बैंकिङमै सिआरएन र सेयर आवेदन सेवा

सिटिजन्स बैंकको मोबाइल बैंकिङमै सिआरएन र सेयर आवेदन सेवा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले अब मोबाईल बैंकिङ एपबाटै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने व्यवस्था मिलाएको छ । बैंकले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुमति पश्चात नेपालमै पहिलो पटक सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत उक्त सेवा लिन सकिने व्यवस्था मिलाएको हो ।

सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत ग्राहकहरूले सिधै आइपीओ/एफपीओ/राइट सेयरलगायतका लागि आवेदन दिन सक्ने भएका छन् ।

यस्तै सीआरएन नम्बरको लागि समेत आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ । ग्राहकहरूलाई अझ सरल र प्रभावकारी सेवा प्रदान गर्न यस व्यवस्थाले ठूलो भूमिका खेल्नेछ र यसले कर्मचारीको कार्य दक्षता र ग्राहक सन्तुष्टिमा महत्वपूर्ण सुधार ल्याउन बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्