Logo

प्यासिफिक खरिद गर्न ग्लोवलको विशेष साधारणसभाबाट स्वीकृत, सेयर स्वाप रेसियो १००ः६९.२६

प्यासिफिक खरिद गर्न ग्लोवलको विशेष साधारणसभाबाट स्वीकृत, सेयर स्वाप रेसियो १००ः६९.२६


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्यासिफिक डेभलपमेन्ट बैंक एक्विजिसन गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको बिहीवार बसको विशेष साधारण सभाले लमजुङ जिल्ला बेसीशहर नगरपालिकामा केन्द्रिय कार्यालय रहेको बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको हो ।

प्यासिफिक डेभलपमेण्ट बैंक लिमिटेडको १ सय कित्ता शेयरलाई ग्लोबल आइएमई बैंक लिमिटेडको ६९ दशमलव २६ कित्ता शेयर दिने गरी शेयर स्वाप अनुपात कायम गर्ने सहितको विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

उक्त प्राप्ति पश्चात ग्लोबल आइएमई बैंक लिमिटेडको चुक्ता पूँजी रु.६अर्व २५ करोड ६३ लाख पुग्ने छ । प्राप्ति (एक्विजिसज) सम्बन्धमा नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको स्वीकृति लिई यही पौष १५ गते भित्रमा एकिकृत कारोवार गर्ने लक्ष्य रहेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । ८१ अर्व निक्षेप, ६९ अर्व कर्जा लगानी रहेको बैंकको हाल ९१ वटा शाखाहरु, ९ वटा नेपाल सरकारको राजश्व संकलन काउण्टर, १ सय३ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर, भारत तथा अष्ट्रेलियामा सम्पर्क कार्यालय, ४४ वटा शाखारहित बैंकिङ्ग सेवा तथा १वटा सि.डि.एस.काउण्टर रहेका छन् ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्