Logo

विओकेएलले दियो साढे २३ प्रतिशत बोनस सेयर, चुक्ता पूँजी ५ अर्ब ६३ करोड पुग्दै

विओकेएलले दियो साढे २३ प्रतिशत बोनस सेयर, चुक्ता पूँजी ५ अर्ब ६३ करोड पुग्दै


बिजखबर संवाददाता
27
Shares

xकाठमाडौं । बैंक अफ काठमाण्डू लुम्बिनी (विओकेएल) ले आफ्ना सेयरधनीलाई साढे २३ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको हिजो बसेको संचालक समितिको बैठकले उक्त बोनस सेयर दिने निर्णय गरेको हो ।

बैंकले उक्त प्रस्ताव स्वीकृतिका लागि केही समय भित्रै नेपाल राष्ट्र बैंकमा पठाउने भएको छ । राष्ट्र बैंकबाट स्वीकृति भएर आएपछि पारितको लागि साधारणसभामा प्रस्ताव पेश गर्ने बताएको छ ।

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ रहेको छ । जस अनुसार बैंकले १ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको बोनस सेयर वितरण गर्नेछ । बोनस वितरणसँगै बैंकको चुक्ता पूँजी ५ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले चालु आर्थिका वर्षको पहिलो त्रैमासमा २७ करोड ९ लाख रुपैयाँ कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL