काठमाडौं । नबिल बैंक आफ्ना लगानीकर्ताहरुलाई १० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बिहीबार सम्पन्न ४०औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो।
आर्थिक वर्ष २०८०/८१ मा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। बैंकको निक्षेप १६.४१५ वृद्धि भई ४ खर्ब ६८ अर्ब ७९ करोड र कर्जा प्रवाह १३.६५५ वृद्धि भई ३ खर्ब ८५ अर्ब ७२ करोड पुगेको छ।
सभाले सर्वसाधारण शेयरधनी समूहबाट अनन्त पौड्याल र प्रवीण टिबडेवाललाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ।