Logo

मेगा बैंक र बुम रेमिटबीच सम्झौता, बुमबाट पठाएको रेमिट्यान्स मेगाबाट पाइने

मेगा बैंक र बुम रेमिटबीच सम्झौता, बुमबाट पठाएको रेमिट्यान्स मेगाबाट पाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मेगा बैंक नेपाल र बुम रेमिट्यान्सबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ । उक्त सम्झौतासँगै बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रकम मेगा बैंकका देशभरका शाखाबाट भुक्तानी लिन सकिनेछ । यसैगरी, बुम रेमिटको सफ्टवेयरमार्फत स्वदेशभित्र रकम पठाउने र भुक्तानी लिन समेत पाइने छ ।

उक्त सम्झौतामा मेगा बैंकका नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र बुम रेमिटका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले बिहीबार रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

बुम रेमिटसँगको साझेदारीपछि विशेषगरि माल्दिभ्स र खाडी मुलुकबाट रेमिट्यान्स कारोबार सहज हुने मेगा बैंकको विश्वास छ । माल्दिभ्स र खाडी मुलुकबाट रेमिट्यान्सको कारोबार गर्दै आएको बुम रेमिटले छिट्टै मलेसिया, दक्षिण कोरिया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, इजरायल, भारत र अमेरिकाबाट समेत कारोबार सुरु गर्ने उल्लेख छ ।

बुम रेमिटबाट पठाएको रकम मेगा बैंकको देशभरका ३९ वटा शाखा कार्यालय एवं देशभरि छरिएका १४ सय एजेन्टबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL