काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुरेश देवकोटा नियुक्त भएका छन् । बैंकको मंसिर २५ गते सम्पन्न संचालक समितिको ४ सय ४४ औं बैठकले उनलाई आगामी ४ बर्षका लागि सीइओमा नियुक्त गरेको हो ।
उनको कार्याकाल आगामी पुष १ देखि सुरु हुनेछ । देवकोटा यसअघि उनी नबिल स्टक डिलरमा सीइओको रुपमा कार्यरत थिए ।