Logo

राष्ट्र बैंकको काममा अर्थमन्त्रीको निरीक्षण, बैंकिङ सेवालाई लक्षित बर्गमा पुर्याउन निर्देशन

राष्ट्र बैंकको काममा अर्थमन्त्रीको निरीक्षण, बैंकिङ सेवालाई लक्षित बर्गमा पुर्याउन निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल राष्ट्र बैंकको सेवालाई आधुनिकिकरण गर्न निर्देशन दिएका छन् । राष्ट्र बैंकको स्थलगत निरीक्षणमा गएका महाराले राष्ट्र बैंकको कार्यक्षमता कमजोर भएको भन्दै राष्ट्र बैंकको ऐनमै समयसापेक्ष सुधार गरी कार्यक्षमता बढाउन बैंक व्यवस्थापनलाई निर्देशन दिएका हुन् । मन्त्रालय अन्तरगतका निकायहरुको निरीक्षण गर्ने क्रममा उनले राष्ट्र बैैंकको स्थलगत भ्रमण गरेका हुन् ।

निरीक्षणको क्रममा राष्ट्र बैंकले बैंकिङ सेवालाई लक्षित वर्गसम्म पुर्याउन समेत निर्देशन दिएका थिए । मन्त्री महराले बैंकलाई आधुनिकिकरण गरी सेवालाई तत्काल सर्वसाधारण समक्ष पुर्याउन निर्देशन दिएका उनका प्रेस सल्लाहकार त्रिभुवन पौडेलले जानकारी दिए ।

अवलोकनका क्रममा मन्त्री महराले राष्ट्र बैंकको भत्केका भवनको समेत अवलोकन गरेका थिए । उक्त भवनको अवलोकनसँगै भवन निर्माण तथा क्षमता अभिबृद्धिका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिएका समेत पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्