काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ। बैंकको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश (कर समेत) गरि कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ।