Logo

एभरेष्ट बैंकको साधारणसभा पुस २३ मा, ७० प्रतिशत बोनस स्वीकृत गर्दै

एभरेष्ट बैंकको साधारणसभा पुस २३ मा, ७० प्रतिशत बोनस स्वीकृत गर्दै


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । एभरेष्ट बैंकले पुस २३ गतेका लागि साधारणसभा बोलाएको छ । बैंकले केही समय अघिमात्र घोषणा गरेकोे ७० प्रतिशत बोनस सेयर स्वीकृतिका लागि २२ औं साधारणसभा बोलाएको हो ।

बैंकले पुस ६ गतेदेखि सेयरधनी किताव बन्द गर्ने भएको छ । बैंकले साधारणसभाको लागि पुस २२ गतेसम्म सेयरधनी किताव बन्द गर्ने जानकारी दिएको छ । जस अनुसार पुस ५ गतेसम्म सेयर खरिद गर्नेले ७० प्रतिशत बोनस पाउनेछन् ।

यसैगरी बैंकले ३ बरावर १ हकप्रद सेयर जारीको प्रस्ताव पनि पेश गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्