काठमाडौं । कुमारी बैंकले उद्यमशिलता विकास र प्रवद्र्धनका लागि मोरङ्गको बेलबारी नगरपालिकामा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। ‘देशैभरि, वर्षैभरि’ अभियानअन्तर्गत यो कार्यक्रम युएसएडसँगको साझेदारी र बेलबारी नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो।
बैंकले वित्तीय ज्ञान, सीप, मनोबल अभिवृद्धि, र व्यवहार विकासलाई उद्यमशिलता प्रवद्र्धनको आधार मान्दै, सहज र प्रभावकारी तरिकाले प्रशिक्षण सम्पन्न गरेको छ। कार्यक्रममार्फत सहभागीलाइ वित्तीय उद्यमशिलताको महत्त्व, वित्तीय साक्षरता, र समकालीन प्रविधि जस्तै कुमारीजी एपको उपयोगबारे जानकारी गराइएको थियो। साथै, राष्ट्रिय कलाकारको सहभागितामा तयार गरिएका सन्देशमूलक भिडियोहरू र सचेतनामूलक सामग्रीहरू पनि प्रस्तुत गरियो।
यस प्रकारका प्रशिक्षणले स्थानीय उद्यमीहरूको सोच र व्यावसायिकतामा निखार ल्याई आर्थिक समृद्ध परिवार, समाज, र राष्ट्र निर्माणमा योगदान पुर्याउने बैंकले विश्वास लिएको छ ।