Logo

एभरेष्ट बैंकद्धारा ईन्डो–नेपाल रेमिटेन्समा सेवा थप, व्यावसायिक प्रतिनिधिहरुमा रकम पठाउन सकिने

एभरेष्ट बैंकद्धारा ईन्डो–नेपाल रेमिटेन्समा सेवा थप, व्यावसायिक प्रतिनिधिहरुमा रकम पठाउन सकिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एभरेष्ट बैंकले इन्डो नेपाल रेमिट्यान्स सेवा सरल बनाएको छ । भारतमा काम गर्ने कामदारले आफ्नो मोबाईलबाटै (पंजाब नेशनल बैंकको शाखामा नगइ) एभरेष्ट बैंक, नेपालको कुनै पनि शाखा तथा दुर्गम क्षेत्रमा अवस्थित ५ सय भन्दा बढी व्यावसायिक प्रतिनिधिहरुमा रकम पठाउन सक्ने व्यवस्था मिलाएको छ ।

नेपाल मै प्रथम पटक भारतको पंजाब नेशनल बैंकको कुनै पनि शाखाहरुबाट सजिलै अनलाईन माध्यमबाट नेपाल पैसा रकमान्तर गर्ने सेवा शूरुवात गरेको थियो । बैंकले भारतको पंजाब नेशनल बैंकको सहायतामा रेमिटेन्सको यस्तो नौलो सेवा बैंकले केहि महिना अगाडी देखि नै संचालनमा ल्याएको हो ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्