Logo

सांग्रिला डेभलपमेन्ट बैंक र बृहत इन्भेष्टमेन्टबीच सम्झौता, घरकर्जामा सहजीकरण गरिने

सांग्रिला डेभलपमेन्ट बैंक र बृहत इन्भेष्टमेन्टबीच सम्झौता, घरकर्जामा सहजीकरण गरिने



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र कुपण्डोल ललितपुरस्थित बृहत इन्भेष्टमेन्टबीच सम्झौता भएको छ । मंगलबार दुई निकायबीच कर्जा सहजीकरणका लागि सम्झौता भएको हो ।

सम्झौतासँगै अब कुनै पनि व्यक्तिले बृहत इन्भेष्टमेन्ट प्रा.लिद्वारा संचालित चापागाँउ परियोजना अन्तर्गतका घर/जग्गाा खरिद गर्न चाहेको खण्डमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सो खरिदकर्तालाई सहज तरिकामा कर्जा उपलब्ध गराउने भएको छ ।

घर/जग्गाा खरिद गर्न अधिकतम ४० वर्ष सम्मको समयावधीका लागि अधिकतम कर्जा रकम २ करोड सम्म उपलब्ध गराइनेछ । कर्जाको ब्याज दर ९.९९% तोकिएको र पहिलो ७ वर्ष सम्मको लागि ब्याजदर स्थिर रहने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्