Logo

सानिमा बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न, ५.२६ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित

सानिमा बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न, ५.२६ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित



काठमाडौं । सानिमा बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा मंगलबार बैंकको साधारण सभा सम्पन्न भएको हो । उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पँुजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक बर्ष २०८०÷८१ मा २ अर्ब ४० करोड खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २ खर्ब ३३ अर्ब रुपैयाँ बराबर छ ।

कुल निक्षेप १ खर्ब ९९.३८ अर्ब तथा खुद कर्जा सापटी १ खर्ब ६४.९४ अर्ब रहेको बैंकले आर्थिक वर्ष २०७९÷८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्