काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतबार एकैदिन बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रिय बैंकले सार्वजनिक सूचना जारी गर्दै बोलकबोलको प्रक्रियाबाट ५० अर्ब रुपैयाँ संकलन गर्न लागिएको जानकारी दिएको हो ।
खासगरी पछिल्लो समय अर्थतन्त्र लयमा फर्किएको भन्दै केन्द्रिय बैंकका गभर्नरसमेत भाषण गर्दै आईरहेका छन् । तर, अर्थतन्त्र लयमा फर्कीएको बताईरहँदा पनि बैंकिङ प्रणालीमा तरलता थुप्रिईरहँदा बजारलाई सन्तुलन बनाउन केन्द्रिय बैंकले बजारबाट पैसा फिर्ता लिने क्रम जारी छ ।
राष्ट्र बैंकका अनुसार बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने उक्त निक्षेप संकलनमा आइतबार साँझ साढे ३ बजेसम्म आवेदन दिन पाईनेछ । न्यूनतम १० करोड रुपैयाँका लागि आवेदन दिन सकिने उक्त निक्षेप संकलन बोलकबोलको अवधि भने २१ दिने हुनेछ । यसको सावाँ र ब्याज भुक्तानी भने मंसिर २३ गते नै गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।