Logo

एनसीसीमा ४ विकास बैंक मर्ज गर्न राष्ट्र बैंकको अन्तिम स्वीकृति, चुक्ता पूँजी साढे ४ अर्ब

एनसीसीमा ४ विकास बैंक मर्ज गर्न राष्ट्र बैंकको अन्तिम स्वीकृति, चुक्ता पूँजी साढे ४ अर्ब


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले एनसीसी (नेपाल क्रेडिट एण्ड कमर्श) बैंकसँग ४ वटा विकास बैंक मर्ज गर्न अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त स्वीकृति दिएको हो ।

जस अनुसारएनसीसी, सुप्रिम डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकले अन्तिम स्वीकृति पाएको हो । यस अघि उक्त बैंकसँग कुमारी बैंक पनि मर्जर हुने प्रक्रियामा गएकोमा केही समय अघि वाहिरिएको थियो ।

बैंकहरुले कात्तिक १ गतेदेखि नै एकिकृत कारोवार थाल्ने उद्देश्य अनुरुप गत साउनमै अन्तिम अनुमति माग्दै नेपाल राष्ट्र बैंकमा निवेदन दिएका थिए । मर्जपछि बैंकको नाम एनसीसी बैंक नै रहनेछ भने लोगो परिवर्तन गरिनेछ । ।

मर्जरसँगै बैंकको चुक्ता पूँजी ४ अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ । बैंक संचालक समितिमा एनसीसी बैंकबाट ४ जना, चारवटा विकास बैंकबाट एक/एक जना र एक जना विज्ञ सञ्चालक नियुक्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्