Logo

निफ्राले सेयरधनीलाई लाभांश नदिने, सञ्चित गर्ने

निफ्राले सेयरधनीलाई लाभांश नदिने, सञ्चित गर्ने



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीको हात खाली बनाएको छ । बैंक सञ्चालक समिति बैठकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

लाभांश दिन सक्ने क्षमता रहे पनि वित्तीय अवस्था थप सुदृढ र सबलीकरण गर्दै लैजाने उद्देश्यले सञ्चित गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

बैंकले यो वर्ष ७६ करोड ९५ लाख रुपैयाँ लाभांश क्षमता रहेको उल्लेख गरेको छ । कम्पनीले विभिन्न आयोजना तथा पूर्वाधारमा ऋण लगानी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्