काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।