काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकको वार्षिकोत्सव कार्तिक १३ गते सम्पन्न भएको हो ।
वार्षिकोत्सव कार्यक्रम अन्तर्गत बिहान ६ः३० बजे बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौंमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको स्वागत मन्तव्य पश्चात प्रभातफेरी गरिएको थियो ।
केन्द्रिय कार्यालयबाट शुरु भएको प्रभातफेरी भाटभटेनी, टंगाल, लक्ष्मण बाबु भवन, नक्साल पेट्रोल पम्प, नारायण चौर, नागपोखरी, उत्तरढोका, गैरीधारा हुँदै बैंकको केन्द्रिय कार्यालय, बालुवाटारमा आएर सम्पन्न गरिएको थियो । यस प्रभातफेरी कार्यक्रममा बैंकले डिजिटल साक्षरता सम्बन्धि विभिन्न व्यानरहरुद्वारा आम जनताहरुमा जनचेतना समेत पु¥याएको थियो ।
प्रभातफेरी कार्यक्रम पश्चात बैंकका संचालक समितिका अध्यक्ष उज्जवल सत्यालले बैंकको २०औं वार्षिकोत्सव सम्बन्धि आफ्नो छोटो मन्तव्य राखेका थिए ।
साथै, वार्षिकोत्सवकै अवसर पारेर केन्द्रिय कार्यालय काठमाडौं, पोखरा क्लष्टर, नेपालगञ्ज क्लष्टर र बर्दिबास शाखामा गरिएको रक्तदान कार्यक्रममा जम्मा २५१ जना व्यक्तिहरुले रक्तदान समेत गरेको जानकारी गराइन्छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।