Logo

१ सय दरका ३० करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक, चुच्चे नक्सासहितको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

१ सय दरका ३० करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक, चुच्चे नक्सासहितको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई



काठमाडौं । नेपाली १ सय रुपैयाँका ३० करोड थान नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीले पाएको छ । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीले पाएको जानकारी दिएको हाे। केन्द्रिय बैंकले एक सुचना जारी गर्दै उक्त नोटहरुको छपाईदेखि ढुवानीसमेत चीनको चाइना बैंक नोट प्रिन्टङ एण्ड मिन्टिङ कर्पाेरेसनले पाएको बताएको छ ।

नोट छपाईको ठेक्का पाएको चिनियाँ कम्पनीले ८९ लाख ९६ हजार ५ सय ९२ अमेरिकी डलर बराबरको खर्चमा नोट छपाइदेखि ढुवानीसम्म गरिदिनेछ । १ सय रुपैयाँको नयाँ नोटमा चुच्चे नक्साअंकित नेपालको नक्सा समावेश गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्