Logo

माछापुच्छेको हकप्रद सेयर खुला, पुस २४ गतेसम्म आवेदन दिन सकिने

माछापुच्छेको हकप्रद सेयर खुला, पुस २४ गतेसम्म आवेदन दिन सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले आजदेखि ५० प्रतिशत हकप्रद सेयरका लागि निष्कासन खुला गरेको छ । जस अनुसार बैंकले १ सय रुपैयाँ अंकित १ करोड ९३ लाख २२ हजार सात सय कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

बैंकको सुचना अनुसार उक्त हकप्रदका लागि पुस २४ गतेसम्म आवेदन दिन सकिने छ । नेपाल राष्ट्र बैंकले पूँजी बृद्धि योजना अनुसार बैंकले हकप्रद निष्काशन गरेको हो । हकप्रद निष्काशनसँगै बैंकको चुक्ता पूँजी ५ अर्ब ७९ करोड ६८ लाख रूपैयाँ पुग्नेछ ।

बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । सिभिल क्यापिटलका साथै माछापुच्छ्रे बैंकका सबै शाखाहरूमा आवेदन फारम पाइने छ ।

प्रतिक्रिया दिनुहोस्