काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को लाभांश घोषणा गरेको छ ।
बैंकको कार्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको कर समेत गरी ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ ।