Logo

ग्लोबल आइएमईले ल्यायो इएमभी चीप कार्ड, क्यासलेस बैंकिङलाई बढावा

ग्लोबल आइएमईले ल्यायो इएमभी चीप कार्ड, क्यासलेस बैंकिङलाई बढावा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं र ग्लोबल आइएमई बैंकले इएमभी चीप कार्ड संचालनमा ल्याएको छ । यस सुविधाले उपभोक्ताहरुको एटिएम तथा पीओएस टर्मिनलमार्फतको कारोबारलाई सुरक्षित बनाउनका साथै नेपाली भुक्तानी डोमेनलाई नै थप सुरक्षित बनाउन योगदान पुर्याउनको बैंकको दावी छ ।

विद्युतीय कारोबारको सुरक्षा प्रति सधै होसियार रहदै आएको बैंकले थप मजबुद ल्याउन नयाँ प्रबिधि ल्याएको बताएको छ । यस अघि पनि बैंकले अनिवार्य पीन परिवर्तन प्रणलीमार्फत आफ्ना ग्राहकहरुलाई सुरक्षाको प्रत्याभुति गराउदै आएको थियो ।

इएमभी चीप कार्डको सुचारुसगैँ बैंकले आफ्नो ‘सबैका लागि बैंक’ भन्ने नारालाई अझ सवल तुल्याउन मद्धत पुराउनुका साथै यस विषेशताले नेपालमा क्यासलेस कारोबारलाई पनि बढावा दिने बैंकको दावी छ ।

प्रतिक्रिया दिनुहोस्