Logo

सिद्धार्थ बैंकका ग्राहकहरूलाई दुसित थानि हिमालयन रिसोर्टमा छुट

सिद्धार्थ बैंकका ग्राहकहरूलाई दुसित थानि हिमालयन रिसोर्टमा छुट



काठमाडौँ । सिद्धार्थ बैंक र दुसित थानि हिमालयन रिसोर्ट प्रा. लि. बिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले धुलिखेलस्थित रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै अन्य सेवामा १५% सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्