Logo

माछापुच्छ्रे बैंकले पहिलो त्रैमाससम्म गर्यो ५० करोड बढी नाफा आर्जन, यस्ता छन् अन्य सूचक ?

माछापुच्छ्रे बैंकले पहिलो त्रैमाससम्म गर्यो ५० करोड बढी नाफा आर्जन, यस्ता छन् अन्य सूचक ?



काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५० करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ४.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २२.५१ प्रतिशत र कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ७.१४ प्रतिशत बढेको छ ।

त्यस्तै, सञ्चालन मुनाफा २७.६२ प्रतिशत बढेको छ । बैंकको ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । बैंकको निक्षेप ६.२३ प्रतिशत र कर्जा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्